७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

माओवादी केन्द्र थुलुङ दुधकोशीको पुर्ण बैठक तथा प्रशिक्षण सम्पन्न



सोलुखुम्बु ।  नेकपा (माओवादी केन्द्र) थुलुङ दुधकोशी गाउँपालिका समितिको पुर्ण बैठक तथा प्रशिक्षण सम्पन्न भएको छ ।

पालिका समितिका अध्यक्ष राम संघर्ष किराँतीको अध्यक्षता तथा केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज हेम कुमार राई  (शुरवीर)को प्रमुख आतिथ्यतामा सोमबार उक्त बैठक तथा प्रशिक्षण सम्पन्न भएको हो । 

माओवादी केन्द्र सोलुखुम्बुका प्रचारप्रशार समितिका संयोजक भोजराज कार्कीका अनुसार बैठकले मंसिर ३० भित्र पार्टी सदस्यता नविकरण तथा वितरण सक्ने निर्णय गरेको छ ।

oplus_262146

बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेमकुमार राई (शुरवीर), केन्द्रीय सदस्य गोम्बु शर्पा (कर्ज्याङ), प्रदेश समितिका सह-सचिव सागर किराँती, प्रदेश समितिका सचिवालय सदस्य तथा सोलुखुम्बुका सह-इन्चार्ज असिम राई, जिल्ला संयोजक नाम्गेल शेर्पा लगायतले प्रशिक्षणात्मक भनाइ राख्नुभएको थियो । 

अधिकांश बक्ताले नीति र नेतृत्व फरक हुँदा देशमा नागरिकको चहाना अनुसार बिकास हुन नसकेको भन्दै माओवादीबाट निर्वाचित जनप्रतिनिधिले मात्रै वास्तविक नागरिकको समस्या समाधान गरिरहेको बताए ।  

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ७ : २८ बजे