काठमाडौँ । नेपालमै पहिलो पटक विजुली बलेको घर अहिले जिर्ण बनेको छ । यो घर खोकनामा पर्दछ । यो गाउँ ललितपुर महानगरपालिका २१ मा पर्दछ । स्थानीय सिद्धिलाल महर्जनको घरमा वि.स. १९६८ मा बिजुली बालिएको थियो ।
फर्पिङ जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु भएसँगै सिधैँ दरबारमा जोड्दा अनिष्ट हुने डरले तात्कालिन राणा प्रधानमन्त्री चन्द्रशम्शेरले महर्जनको घरमा बत्ति बालेका थिए ।
नेपालमा पहिलो पटक करेन्टबाट बत्ती बलेपछि खोकनामा त्रास समेत फैलिएको थियो । सिद्धिलालका साँइलो नाति नन्दलाल महर्जनले प्राविधिकहरुले करेन्टले च्याप्प च्याप्प समात्छ भनेपछि सिद्धिलालले घरभित्र बत्ति बाल्न नदिएकोले घर बाहिर भित्तामा बत्ति बालिएको कथन सुनाए ।
ऐतिहासिक घरलाई स्थानीयको सक्रियतामा वि.स. २०६८ सालमा संग्राहलयको रुप दिएका थिए । एउटा बोर्ड अहिले पनि झुण्डिएको अवस्थामा छ । सिंहको टाउकोबाट बत्तिको होल्डर र बत्ति जडान गरिएको अवस्थामा छ । तर अहिले बत्ति बल्दैन् । त्यो घर अन्धकारमय छ ।
बोर्डमा लेखिएको छ, द कोखना म्यूजियम । त्यसमुनि लेखिएको छ, दिस इज द फस्ट हाउस उइथ इलेक्ट्रिक लाइट प्रोभाइडेट इन नेपाल । २०७२ सालको भुकम्पपछि उक्त घर जिर्ण बनेको स्थानीय बताउँछन् ।
ऐतिहासिक घर संरक्षणको पर्खाइमा देखिएको छ । यसतर्फ वडा, महानगर, प्रदेश वा संघ सरकारको ध्यानाकर्षण होस् ।