१० चैत्र २०८१, सोमबार | Mon Mar 24 2025

दुर्लभ जन्तरेले पुरा गरे बाचा, राजेश र सुविद्याको स्वरमा ल्याए ‘मेरो एउटै चाहना’ (भिडियो)



काठमाडौँ । गीतकार तथा सङ्गीतकार दुर्लभ जन्तरेले बाचा पुरा गरेका छन् ।

गत वैशाख १ गते सोलुखुम्बुको सल्लेरीमा आयोजित एक साङ्गीतिक कार्यक्रममा सोल’ देउसाकी सुविद्या राईले गायिका बबिना राईको चरी भए भूरुरु बोलको गीत गाएकी थिइन् ।

सोही कार्यक्रममा सहभागी हुन सल्लेरी पुगेका उनले सुविद्याको स्वर मन पारे । स्टेजबाटै उद्घोष गरेर भने, ‘सुविद्या बहिनीको स्वर मन प¥यो । म एउटा गीत रेकर्डिङको अवसर प्रदान गर्छु ।’ सोही बाचा दुर्लभ जन्तरेले पुरा गरेका हुन् ।

शुक्रवार राजेश राई र सुविद्या राईको स्वरमा ’मेरो एउटै चाहना’ बोलको गीत सार्वजनिक गरिएको छ । दुर्लभ जन्तरेको शब्द र सङ्गीतमा तयार भएको गीतलाई Freak Street Diaries युट्युबमा हेर्न सकिन्छ ।

माधव अग्रवालले निर्देशन गरेको भिडियोमा सागर राई र विमला लिम्बु फिचर्स छन् ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १२ : ५८ बजे