५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा शहिद तथा बेपत्ता परिवारलाई सम्मान


२१ फाल्गुन २०८१, बुधबार  

8
Shares

काभ्रे। मोहन बैद्य नेतृत्वका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेले सहिद बेपत्ता परिवार भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेको आयोजनामा उक्त सम्मान कार्यक्रम गरिएको हो।

सहिद तथा वेपत्ता योद्धा परिवार भेटघाट तथा सम्मान कार्यक्रम काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ७ मा अवस्थित कटुन्जेमा सहिद राजु न्यौपाने (प्रभु)को घरमै पुगि सहिद कमरेड न्यौपानेको परिवारलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि काभ्रे जिल्ला सचिव ढोक प्रसाद अधिकारीले सहिदले देखाएको बाटोमा अघि बढ्न र पार्टीले भेटघाट र सम्मान कार्यक्रम राखेको बताए । फाल्गुन १४ गते देखि २१ गते सम्म पार्टीले सहिद सप्ताह कार्यक्रम मनाउदै आएको छ। कार्यक्रममा पार्टीको केन्द्रिय सल्लाहकार सदस्य टङ्कराम अधिकारीले सहिदको सम्मान सहिद‌को सपना पूरा भएमात्र हुने बताए ।

सो कार्यक्रममा सहिद प्रभुको तस्बिरमा माल्यार्पण गरि परिवारको सदस्यहरुलाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सहिद प्रभु काभ्रे जिल्लाको तेमाल नारायणस्थानमा २०६१ म‌ङ्सिर १४ गते तत्कालीन शाहिसेनाको अप्रेसनमा सहिद भएको थियो ।

कार्यक्रममा सहिद सरला अधिकारीको परिवारलाइ पनि सम्मान गरिएको थियो। सहिद परिवार किसानको अध्यक्षतामा भएको कार्यक्रम प्रदिप अस्तानीले संचालन गरेका थिए। उक्त कार्यक्रममा केन्द्र र जिल्लाको नेता कार्यकर्ता उपस्थित भएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ६ : ०४ बजे