५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

‘सुकुटे रिभर फन बिच रिसोर्ट’मा होली विशेष कार्यक्रम हुँदै


२३ फाल्गुन २०८१, शुक्रबार  

10
Shares

काठमाडौँ । सिन्धुपाल्चोकको सुकुटेमा रहेको सुकुटे रिभर फर्न बिच रिसोर्टले यही फागुन २९ गते होली पर्वको अवसरमा होली विशेष कार्यक्रम आयोजना गर्दै छ । रंगहरुको पर्व होलीलाई संगीतमय बनाउन युवा पुस्ताका कलाकार सरोज लामिछाने लगायतका कलाकारहरुको प्रस्तुती रहने छ ।

कार्यक्रममा लाइभ डिजे म्यूजिक, पौडीसँगै पानीको आनन्द, र्‍याफ्टिङ लगायत साहसिक तथा मनोरञ्जनात्मक खेल खेल्न सकिने छ । होलीको लागि अहिले धमाधम डे तथा नाइट स्टे प्याकेजहरुको बुकिङ लिइरहेको संचालक विमल गिरीले बताए ।

काठमाडौंबाट ६८ किलोमिटर दूरीमा रहेको यो रिसोर्ट सुकुटे क्षेत्रकै उत्कृष्ट मानिन्छ । सुकुटे बजारबाट सुनकोशी नदी तरेर मात्र ९०० मिटर पारी रहेको यो रिसोर्ट ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । रिसोर्ट पहाड र हरियाली नै हरियालीको बीचमा छ । गुणस्तरिय खाना, आरामदायी बस्नका लागि कोठा तथा टेन्टको व्यवस्था भएका कारण पनि धेरैको रोजाई परेको छ ।

कामको थकान र व्यस्त दैनिकीबाट केही पर छुट्टै परिवेशमा साथीभाई, परिवार लिएर राजधानीबाट नजिकै आरामदायी ठाँउमा एकरात बस्न, घुम्न जाउँ भन्नेहरुका लागि यो रिसोर्ट उत्कृष्ट गन्तब्य बन्दै आएको गिरीको भनाई छ । होलीका लागि समूहमा आउने र अग्रीम बुकिङ गर्नेहरुलाइ विशेष छुट् दिएको पनि उनले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ४ : ५४ बजे