५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

महाकुलुङमा वडा वडामा पर्यटन विकास गुरुयोजना सम्बन्धि अन्तरक्रिया


२५ फाल्गुन २०८१, आइतबार  

24
Shares

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले वडा वडामा पर्यटन विकास गुरुयोजना सम्बन्धि अन्तरक्रिया सुरु गरेको छ ।

गाउँपालिकाको आर्थिक बर्ष २०८१-८२ मा १० लाख विनियोजित बजेटमा माघ २२ गते महाकुलुङ गाउँपालिकाको पर्यटन गुरुयोजना निर्माण कार्यशाला सम्पन्न गरी वडा वडामा अन्तरक्रिया सुरु गरिएको हो ।

वडागत छलफल एवं तथ्यांङ संकलनका लागि महाकुलुङ वडा न ५ कार्यबाहक अध्यक्ष सुर्य कुमार राईको अध्यक्षतामा एड्मायर मल्टीसर्भिस प्रा.लि.का महासचिव तथा आजको सहजकर्ता भरत के.सी. वडाका प्रतिनिधिहरु राजनीति पार्टीका प्रतिनिधिहरु नागरिक अगुवाहरु पर्यटन क्षेत्रका जानकार एवं अन्य पर्यटन सम्बद्ध प्रतिनिधीहरुको उपस्थितीमा पर्यटन गुरुयोजना निर्माण लागि वडागत छलफल आयोजना गरिएको हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  १० : ११ बजे