५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

ट्राफिक नियम नियमविपरीत सवारी चलाउने १५० सवारी साधन होल्ड


२९ फाल्गुन २०८१, बिहिबार  

8
Shares

काठमाडौँ । काठमाडौँ उपत्यका लगायत पहाडी क्षेत्रका बासिन्दाले बिहीबार रङ्गको पर्व होली मनाइरहेका छन् ।

होलीको समयमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चेकजाँचमा कडाइ गरेको छ । नियमविपरीत सवारी चलाउने हरुलाई नियमन गर्न काठमाडौँ, भक्तपुर ललितपुरका ८३ ठाउँमा चेक प्वाइन्ट सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर लागु गरेको छ । ट्राफिक प्रहरीले १५० वटा सवारी साधन होल्ड गरेको छ । उक्त सवारी नियम विपरीत चलाएका र कागजात नभएका १२९ वटा दुईपाङ्ग्रे सवारी साधान होल्ड गरेर राखिएको छ । तीमध्ये २५ जना चालकले मादक पदार्थ सेवन गरेर चलाएको भेटिएको छ ।

होल्ड गरिएका २१ वटा चारपाङग्रे मध्ये ३ जनाले मादक पदार्थ सेवन गरेको फेला परेको छ ।

होल्ड गरिएको सवारी साधन बिहीबार साँझ मात्र सवारी धनीको जिम्मा लगाइने भएको छ ।

ट्राफिक प्रहरीले ओभरलोड, सडक बत्ती उल्लङ्घन र लेन क्रस गरेको कसुरमा ५ सय ६३ सवारी साधनलाई कारबाही गरेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ३ : ३६ बजे