१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

पछि हट्यो राजेश हमालको ‘नरसिंहा अवतार’, अब कहिले आउछ ?



काठमाडौँ । अभिनेता राजेश हमालको कमब्याक भनिएको फिल्म ‘नरसिंहा अवतार’ पूर्वनिर्धारित मितिमा रिलिज नहुने भएको छ।

चैत २९ का लागि प्रदर्शन मिति तोकिएको फिल्म उक्त समयमा प्रदर्शनमा नआउने भएको हो। निर्देशक दिवाकर भट्टराईले फिल्म चैत २९ मा फिल्म रिलिज नहुने भएको छ ।

उनले भने, ‘फिल्मको पोस्टको काम नभ्याइने भयो। उक्त मितिमा अन्य ठूला फिल्महरू पनि छन्। ठूला फिल्म कति जुध्ने भन्ने पनि लाग्यो। अब हाम्रो फिल्म उक्त मितिमा नआएर अलि पछि आउँछ।’

अभिनेता राजेश हमालले पनि एउटै मितिमा धेरै फिल्म नजुधाउन सल्लाह दिएका छन्।

फिल्म रिलिज धेरै पछि भने नजाने भट्टराईले बताए। ‘जेठमा ल्याउने कि भन्ने सल्लाह हुँदैछ,’ उनले भने, ‘एक/दुई दिनमा रिलिज डेटसहिट फर्स्टलुक पोस्टर ल्याउँछौं।’

‘नरसिंहा अवतार’ मा राजेशसहित सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, उषा खड्गी लगायतको अभिनय छ। एक्सन जनरामा बनेको फिल्मबाट राजेश हमाल ७ वर्षपछि फिल्ममा फर्किँदैछन्।

चैत २९ का लागि ‘नरसिंहा अवतार’, ‘पिताम्बर’ र ‘कर्मा’ रिलिज हुने तय गरिएको थियो। ‘नरसिंहा अवतार’ नआउने पक्का भएसँगै उक्त मितिमा दुई नेपाली फिल्मको भिडन्त हुनेछ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  ५ : ३१ बजे