बलिउड । बलिउड अभिनेत्री कियारा आडवानी दक्षिण भारतीय फिल्म ‘टक्सिक’ मा देखिने भएकी छन् ।
यस फिल्मका लागि उनले महँगो पारिश्रमिक लिएको बताइएको छ । भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनले १५ करोड भारू पारिश्रमिक लिएकी हुन् ।
योसँगै कियारा सबैभन्दा बढी पारिश्रमिक लिने भारतीय अभिनेत्री बनेकी छन् । उनले प्रियंका चोपडा, दीपिका पादुकोणलाई पछि पार्दै उक्त रेकर्ड राखेकी हुन् ।
‘टक्सिक’ मा कियारासँगै यशको मुख्य भूमिका रहनेछ । कियारा ‘डन ३’ र ‘वार २’ को तयारीमा छिन्।