काठमाडौं । गत चैत्र २९ गतेबाट नियमित रूपमा श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी वाल विदुषी सुश्री अनुराधा पाण्डेय ज्यूलाई आज एक कार्यक्रमको आयोजना गरी ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञबाट बिदाइ गरिएको छ ।
श्री गण्डकी कोटिहोम महायज्ञको पूर्व सन्ध्यामा आयोजित श्रीमद्भागवत कथा प्रवचनको अवसरमा एक हप्तासम्म सङ्गीतमय श्रीमद्भागवत कथा प्रवचन गरेकी वालबिदुषी पाण्डेलाई बिदाइ गरिएको हो ।
भोलिबाट कथा प्रवचनको लागि अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाले कथा प्रवचन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै आचार्य श्री शीतल कृष्ण महाराज, प्रख्यात वक्ता अमृत शरण देवाचार्य, चर्चित प्रवचन कर्ता सुप्रिया किशोरी लगायतले पनि विभिन्न विषयमा प्रवचन गर्ने कार्यक्रम पनि रहेको छ ।