१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा पाकिस्तानको विजयी शुरुवात


१७ श्रावण २०८२, शुक्रबार  

0
Shares

काठमाडौँ । पाकिस्तानले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ ।

शुक्रबार बिहान सम्पन्न सिरिजको पहिलो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई १४ रनले पराजित गरेको हो । पाकिस्तानले दिएको १७९ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको थियो ।

यो जितपछि पाकिस्तान ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शुक्रबार  १० : १४ बजे