५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता जेठ २९ देखि नुवाकोटमा हुने



काठमाडौं । आगामी जेठ २९ गतेदेखि नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगरको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले प्रतियोगिता यही जेठ २९ गतेदेखि ३१ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रतियोगिता नुवाकोटको बिदुर नगरपालिकामा आयोजना गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगिताको उद्देश्य लोक तथा दोहोरी क्षेत्रमा रहेका नयाँ तथा उदाउँदा कलाकारलाई प्रोत्साहन गर्नु रहेको बताइएको छ ।

गत वर्ष उक्त प्रतियोगिता चितवनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ५ : ४२ बजे