८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

सोलुखुम्बुमा बेवारिसे शव फेला, पहिचानका लागि प्रहरीले गर्‍यो आग्रह


८ जेष्ठ २०८३, शुक्रबार  

30
Shares

सोलुखुम्बु — सोलुखुम्बुको सोताङ गाउँपालिका–१ हुँगा खोलामा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जारी गरेको प्रहरी सूचनाअनुसार शव अर्धकुहिएको अवस्थामा फेला परेको हो।

प्रहरीका अनुसार २०८२ वैशाख ७ गते दिउँसो करिब १२ः५० बजे हुँगा खोलामा टाउकोको केही भाग र एउटा हात मात्र देखिएको अवस्थामा शव भेटिएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी टोली खटिएर कानुनी प्रक्रिया पूरा गरी शव जिल्ला अस्पताल फाप्लुको शवगृहमा राखिएको जनाएको छ।

प्रहरीले मृतकको हुलिया सार्वजनिक गर्दै पहिचानमा सहयोग गर्न आग्रह गरेको छ। सूचनामा मृतकको उचाइ करिब ५ फिट ८ इन्च र मंगोलियन वर्णको पुरुष रहेको उल्लेख गरिएको छ।

हराएका व्यक्तिसँग मिल्दोजुल्दो विवरण भए नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  १२ : २६ बजे