सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन अन्त्य भएको छ ।
प्रदेश प्रमुख यज्ञराज जोशीले मन्त्रिपरिषद्को सिफारिस अनुसार आजै राति राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गरेका हुन् ।

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन गत बैशाख २८ गतेदेखि शुरु भएको थियो ।
यस अघि आजै बसेको कर्णाली सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको अधिवेशन अन्त्य गर्ने सिफारिश गरेको थियो ।
























