११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

नेपालकै दोस्रो कम बेरुजु कायम गरेको सोलदुधकुण्ड नगरपालिकालाई महालेखा परिक्षकको प्रशंसापत्र


२३ श्रावण २०८२, बिहिबार  

1.4k
Shares

सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकालाई महालेखा परिक्षकको कार्यालयले प्रशंसापत्र प्रदान गरेको छ।

आर्थिक वर्ष २०८०र८१ को कारोबारको लेखा परीक्षणबाट सबैभन्दा कम बेरुजुमा नेपालकै दोस्रो भएकोमा प्रशंसापत्र प्रदान गरेको हो ।

महालेखाको प्रतिवेदन अनुसार नगरपालिकाको बेरुजु ०.०१ प्रतिशत रहेको छ । सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले महालेखाको प्रशंसापत्रले आगामी दिनमा नगरपालिकामा आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व कायम राख्न उर्जा मिलेको प्रतिक्रिया दिए ।

नगरपालिका कार्यसम्पादन मुल्यांकनमा पनि उत्कृष्ट बनेको स्थानीय तह हो ।

प्रकाशित मिति : २३ श्रावण २०८२, बिहिबार  ९ : ५६ बजे