१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

सोलु दु.न.पा.२ मा पहिलो पटक केन्द्र निर्धारण गरेर त्रैमासिक परीक्षा सञ्चालन


२४ श्रावण २०८२, शुक्रबार  

4
Shares

सोलुखुम्बु । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका २ ले आधारभूत तहको परीक्षा केन्द्र निर्धारण गरेर सुरु गरेको छ ।

परीक्षालाई मर्यादित र शिक्षामा गुणस्तरियता बुद्धि गर्ने उदेश्यले वडा भित्रका विद्यालयहरुको प्रथम त्रैमासिक परीक्षाको लागि परीक्षा केन्द्र निर्धारण गरि संचालन गरिएको वडा अध्यक्ष ङवाङ ठिले शेर्पाले बताए ।

वडा अध्यक्ष शेर्पाका अनुसार शुक्रबारबाट सुरु भएको पहिलो त्रैमासिक परिक्षा केन्द्राध्यक्ष तोकेरै सञ्चालन गरिएको हो । परीक्षाका लागि वडाभित्र रहेका विद्यालयहरूलाई तीनवटा केन्द्रमा विभाजन गरिएको जुनवेशी माविका प्रधानाध्यपक कुमार राउतले बताए ।

जुनवेशी मावि केन्द्रमा जुनबेसी मावि र हिमालयन शेर्पा बुद्धिस्ट आवि, बेनी केन्द्रमा नमो बुद्ध आवि फेरा र सेती देवी आवि र शालाबेशी केन्द्र शालावेशी आवि, बेनी आवि र बुद्ध एकेडेमी तुम्बुकका विद्यार्थीहरू सहभागी भएका छन् ।

यस्तै, परीक्षा सञ्चालनलाई थप प्रभावकारी बनाउन जुनबेसी माविका प्रधानाध्यापक कुमार राउतको संयोजकत्वमा ६ सदस्यीय परीक्षा अनुगमन समिति समेत गठन गरिएको छ ।

परीक्षाका लागि आवश्यक प्रश्नपत्रहरू वडा अध्यक्ष ङवाङ ठिले शेर्पाको विशेष पहलमा हिमालयन ट्रस्ट नेपालले निर्माण गरेको छ । परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरूको लागि चिया तथा खाजाको समेत व्यवस्था गरिएको वडा अध्यक्ष शेर्पाले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शुक्रबार  ६ : ५८ बजे