काठमाडौँ । नाजिर हुसेन र प्रियङ्का कार्की फिचर्ड ‘आँखा मार्ने’ले रिलिजको ४ दिनमै १० लाख भ्यूज प्राप्त गरेको छ । गीत र भिडियोले सकारात्मक कमेन्ट बटुलेको छ ।
गायक, सङ्गीतकार कृष्ण विकले निर्देशनमा डेब्यू गरेको भिडियोले सफलता पाएको छ । कृष्ण विक र मनीषा सुनारले गाएको गीतमा विककै शब्द/संगीत रहेको छ ।
कृष्णले यसअघि यानीमाया, रातो टिकी, राधा पियारी, हजुर मुसुक्कै लगायतका गीतमा सफलता पाइसकेका छन् ।
भिडियो कृष्ण विकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । २०५८ सालमा ‘सुन्दर सुदूरपश्चिम हाम्रो’ गीतबाट औपचारिक गायन यात्रा सुरु गरेका विकले सृजना, अडियो र भिडियोमा गुणस्तरीय काम गर्दै आएका छन् ।
























