१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

एक हजार १४२ महाकुलुङबासीले काठमाडौँमै लिए प्रशासनिक सेवा


२६ श्रावण २०८२, आइतबार  

50
Shares

काठमाडौँ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले काठमाडौँमा आयोजना गरेको ३ दिने प्रशासनिक घुम्ती शिविरमा एक हजार १४२ जनाले सेवा लिएका छन् ।

पाउँपालिकाले प्रदान गरेको जानकारी अनुसार ५१२ जनाले विवाह दर्ता, जन्म दर्ता, मृत्यू दर्ता, नाता प्रमाणीत, नागरिकताको नयाँ र प्रतिलिपी सिफारिस, सामाजिक सुरक्षा भत्ता नविकरण, मालपोत तिरोको सेवा लिएका छन् ।

शिविरबाट वडा नं १ का १३५ जना, वडा नं २ का ६५, वडा नं ३ का १४४ जना, वडा नं ४ का ७२ जना र वडा नं ५ ९६ जनाले प्रशासनिक सेवा पाएका छन् ।

शिविरबाट ३३० जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ भने वडा नं ५ ले शेयर कारोबारका लागि ३ सय वडाबासीको डिम्याट खाता संकलन र सहजीकरण गरेको छ ।

पालिका अध्यक्ष सुर्य कुलुङले यो वर्षको प्रशासनिक घुम्ती शिविर पनि प्रभावकारी भएको बताए ।

महाकुलुङ गाउँपालिकाले विगत ३ वर्षदेखि काठमाडौँ उपत्यकामा बसोबास गर्ने पालिकाबासीको सहजताका लागि प्रशासनिक शिविर सञ्चालन गर्दै आएको छ ।

यस्तो छ वडागत सेवा वितरण संख्या

प्रकाशित मिति : २६ श्रावण २०८२, आइतबार  १२ : ०७ बजे