काठमाडौँ । अस्ट्रेलियन एजुकेसन फेयर २०२५ आजदेखि सुरु भएको छ । अध्ययनका लागि अस्ट्रेलिया जाने बिद्यार्थीहरुलाई लक्षित गर्दै काठमाडौँको नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेसन कन्सलट्यान्सीले फेयरको आयोजना गरेको हो ।
फेयरमा अस्ट्रेलियाका विभिन्न कलेजहरूका प्रतिनिधीहरुकै उपस्थितिमा कुन सहरका कुन विश्वविद्यालयमा जाँदा विद्यार्थीलाई उपयुक्त हुन्छ भन्ने विषयमा पनि जानकारी दिइने तथा हरेक अप्ठ्यारा परिस्थितिहरूको सामना कसरी गर्ने भन्ने विषयमा समेत विश्वविद्यालयका प्रतिनिधि र काउन्सलरहरुले जानकारी दिने गोरेटो एजुकेसन कन्सलट्यान्सीका सिनियर काउन्सलर प्रकाश रेग्मीले जानकारी दिए ।

५ दिनसम्म चल्ने फेयरमा अस्ट्रेलियामा रहेका विश्वबिद्यालयहरुको भौतिक संरचनादेखि दक्ष र अनुभवी काउन्स्लरहरुबाट पनि कोर्स सेलेक्सन, अध्ययनमा जाँदा लाग्ने लागतदेखि आईएलट्स, टोफेलका बारेमा पनि जानकारी दिइनेछ ।
फेयरमा उपस्थित हुने बिद्यार्थीहरुमध्ये १० भन्दा बढी विद्यार्थीलाई आईएलट्स, टोफेलको निःशुल्क व्यवस्था गरिने आयोजकले जनाएको छ । फेयरमा राष्ट्रिय स्तरका कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

























