१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

लाजिम्पाटको बुकि होटलमा ‘रैथाने कृषि बजार’ लाग्ने


२९ श्रावण २०८२, बुधबार  

74
Shares

काठमाडौँ । दुई वर्ष देखि दरबारमार्ग स्थित ओरियन्ट क्याफेमा लाग्दै आएको ‘रैथाने कृषि हाट बजार’लाई लाजिम्पाट स्थित बुकि होटलमा ‘रैथाने कृषि बजार’को नाममा लाग्ने भएको छ ।

रैथाने एग्री प्रडक्टस नेपाल र बुकि होटलको सहकार्यमा यहि साउन ३१ गते शनिवारदेखि ‘रैथाने कृषि बजार’ सुरु गरिने रैथाने एग्री प्रडक्टस नेपालका अध्यक्ष तिलक ढकालले जानकारी दिए ।

ढकालले भने, ‘रैथाने, स्थानीय र स्वदेशी उत्पादन र उत्पादकको लागि नयाँ व्यवस्थापन सहित नयाँ ठाउँमा रैथाने कृषि बजारको व्यवस्थापनमा लागि परेका छौँ । आशा छ, दरबारमार्गमा पाएको माया आम उपभोक्ताबाट पाउनेछौँ ।’

बजारमा दर्जनौ साना उद्यमीहरुको साथमा ५५ जिल्लाका ५ सय भन्दा बढी रैथाने, स्थानीय र स्वदेशी कृषि उत्पादन खरिद विक्रि गर्ने वातावरण तयार पारिदैछ ।

उपभोक्ताको स्वास्थ्यलाई ख्याल राख्दै शुद्ध, गुणस्तर, स्वादिलो, स्वस्थ र पोषणयुक्त खानेकुरामा कुनै प्रकारको सम्झौता नहुने बजार व्यवस्थापक रैथाने एग्री प्रडक्टस नेपालले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बुधबार  ८ : २० बजे