काठमाडौँ । गोकर्णेश्वर नगरपालिका १ स्थित राम जानकारी आधारभूत विद्यालय परिसरमा ‘निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर’ हुँदै छ ।
भदौ ५ गते विहान ९ देखि दिउँसो १ बजेसम्म हुने शिविरको आयोजना रोटरी क्लब अफ राजधानी, काठमाडौँ र लाइन्स क्लब अफ सुन्दरीजल, काठमाडौँले गरेको हो ।
ओम चावहिल डेण्टल हस्पिटल र तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयाग रहेको निःशुल्क शिविर आयोजनामा गोकर्णेश्वर १ वडा कार्यालय सुन्दरीजल, रोटरी सामुदायिक समिति, नयाँपाटी, युवा जागरण अभियान समूह र राम जानकारी आधारभूत विद्यालयले सहयोग गरेका छन् ।
सोही अवसरमा ओम चाबहिल डेन्टलका प्रबन्धक र बागमती प्रदेश सांसद सुनिल केसीको सहकार्यमा सुन्दरीजल प्रहरी विटलाई विपद व्यवस्थापनका सामग्री हस्तान्तरण समेत गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
























