१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

र्यापर लिल क्लाउडको ‘बेबी गर्ल’ मा निमेशसंग बोल्ड प्रियाना आचार्य



र्यापर लिल क्लाउड को नयाँ र्याप गीत ‘बेबी गर्ल’ सार्वजनिक भएको छ।

पछिल्लो समय नेपाली दर्शक र्यापलाई रुचाउदै आएका छन्। यहि बीचमा रिलिज भएको ‘बेबी गर्ल’ मा प्रियाना आचार्य ‘मुन्नी’ र निमेश जंग थापा फिचर्ड रहेका छन्। निमेशले नै कोरियोग्राफी गरेको भिडियो आकर्षक बनेको छ।

प्रियानालाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ। उनले पहिलोपटक आफु बिकिनीमा प्रस्तुत भएको र दर्शकले यो कोसिसलाई मन पराउने अपेक्षा राखेकी छिन्।

भिडियोमा प्रियाना र निमेशको साथमा अलिशा पराजुली, रामेश्वर खड्का, श्याम श्रेष्ठ लगायतका कलाकार प्रस्तुत रहेका छन्।

एस खेतान र पुनम अग्रवालले निर्माण गरेको भिडियोलाई पी माधवाले निर्देशन गरेका छन्। फ्रिक स्ट्रीट डाएरिसको युट्युव च्यानलमा रिलिज भएको गीतलाई रोमन मार्सले खिचेका छन्।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  १२ : ३७ बजे