१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

मण्डलामा नाटक “खमारी” मञ्चन हुने



काठमाडौं । एक थिएटर नेपालको प्रस्तुतिमा नाटक ‘खमारीः मौन संवाद’ मञ्चन हुने भएको छ । खमारीको रुखलाई बिम्ब बनाएर निर्माण गरिएको नाटक वातावरणसँग सम्बन्धित रहेको एक थिएटरले जनाएको छ ।

नेपाली रंगमञ्चको क्षेत्रमा फिजिकल थिएटर विधामा मञ्चन गर्न लागिएको यो नाटक नेपाली दर्शकका लागि नयाँ स्वाद हुने विश्वास लिएको नाटकका निर्देशक मणि के राईले बताउनुभयो ।

खमारी एक दुर्लभ रुख हो । नाटक सोही रुखको विरुवालाई एकजना बालिकाले हुर्काउनका लागि गर्नु परेको संघर्षमा केन्द्रित छ ।

नाटक भदौ १९ गतेदेखि मण्डला थिएटरमा दश दिनसम्म मञ्चन हुनेछ । नाटकमा सौजन सेनेहाङ, मुस्कान राउत, रञ्जना नेपाली, प्रिया लम्जेल, आरुशी राई, प्रेम चन्द पाण्डेय, युगल श्रेष्ठ, सोनिया राई, दिलेन्द्र राई, देबिका राई, ममता साम्पाङ राई, शक्ति राई, रेनुका घर्ती मगरको अभिनय रहने छ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ५ : ३४ बजे