१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

‘एभरेस्ट–दुधकोशी कल्चरल ट्रेल’को औपचारिक सुरुवात



काठमाडौँ । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले ‘एभरेस्ट–दुधकोशी कल्चरल ट्रेल’को औपचारिक सुरुवात गरेको छ ।

काठमाडौँमा आयोजित कार्यक्रममा रक्षा मन्त्री मानवीर राईबाट ५ देखि ९ दिन अवधिको ट्रेल सम्बन्धी वृत्तचित्र, म्याम, आइटेनरी तथा प्रचारमूलक सामाग्रीहरू सार्वजनिक गरी सुरुवात गरिएको छ ।

माप्य दुधकोशी ५ को सिलगुढी डाँडाबाट सुरु हुने ट्रेलमा घुम्ने मेरा हुँदै सुन्दर प्राकृतिक भ्यु पोइन्ट तथा जङ्गलहरू छिचोल्दै राप्छा, बासा, खास्ताप, काँकु र जुभिङ तथा वाकुलाई समेत समेटिएको पालिका अध्यक्ष बुद्धि किरण राईले जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड तथा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)को सहकार्यमा संचालित जीविकोपार्जन पुर्नउत्थानका लागि दिगो पर्यटनको आर्थिक सहयोगमा निर्माण गरिएको सो पदमार्गको काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा सोमबार आयोजित कार्यक्रममा औपचारिक सुरुवात गरिएको हो ।

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सो पदमार्गसम्बन्धी वृत्तचित्र, आइटेनरी तथा प्रचारमूलक सामाग्रीहरू समेत सार्वजनिक गरिएको थियो ।

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) का महासचिब सोनाम ग्याल्जेन शेर्पाले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा मन्त्री राईसहित नेपाल पर्यटन बोर्डका सीइओ दिपक राज जोशी, टानका अध्यक्ष सागर पाण्डे, वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा, पूर्ब अध्यक्ष खुम सुवेदी, पूर्ब प्रथम उपाध्यक्ष चोलेन्द्र कार्की, पर्यटन बोर्डका निर्देशक हिमाल गौतम, शेर्पा पर्यटन ब्यबसायी संघका अध्यक्ष पासाङ शेर्पा लगायत पर्यटन ब्यबसायी र सोलुखुम्बु जिल्लाका राजनीतिकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १० : २९ बजे