१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

इन्डेक्स एक्चेन्जबाट पैसा पठाउदा नेपालीहरुले जिते लाखौ नगद सहित हवाइ टिकट


१६ आश्विन २०८२, बिहिबार  

4
Shares

काठमाडौं। इन्डेक्स एक्सचेन्ज यूएईबाट नेपाल पैसा पठाउदा नेपालीहरुले लाखौं नगद र हवाइ टिकट प्राप्त गरेका छन्।

एक्सचेन्जले नेपालीहरुको महान पर्व बडादशैँ र तिहारको अवसरमा विशेष उपहार योजना अन्तर्गत ‘विन अ मिलियन’ चौथो संस्करणमार्फत यूएईमा रहेका नेपाली श्रमिकहरूलाई आकर्षक उपहार जित्ने अवसर प्रदान गरेको हो।

जस अन्तर्गत अहिलेसम्म ६ जना नेपालीले लाखौं नगद राशी सहित नेपाल जाने हवाइ टिकट प्राप्त गरेका इन्डेक्स एक्चेन्ज यूएईले जनाएको छ।

यस अन्तर्गत यूएईभर रहेका जुनसुकै शाखाबाट नेपालमा पैसा पठाउँदा ग्राहकहरूले लक्की ड्रमार्फत १० लाख रुपैयाँ नगद, नयाँ SUV कार र नेपाल जाने हवाई टिकट जित्ने अवसर पाउनेछन्। अभियान आगामी २०२५ अक्टोबर ३० सम्म मान्य रहनेछ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहिबार  ९ : १८ बजे