काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा एउटै नाम भएका पाँच जना सांसद हुनु रोचक संयोगका रूपमा देखिएको छ। प्रतिनिधिसभामा रास्वपाबाट निर्वाचित यी पाँचै सांसदको नाम ‘गणेश’ हुनु राजनीतिक वृत्तमा चर्चा र चासोको विषय बनेको हो।
रास्वपाबाट निर्वाचित ‘पाँच गणेश’ यसप्रकार छन्—
• गणेश कार्की — मोरङ–३
• गणेश पराजुली — काठमाडौं–७
• गणेश पौडेल — कास्की–१
• गणेश धिमाल — बारा–१
• गणेश पौडेल — रौतहट–४
उस्तै नाम भए पनि यी सांसदहरू फरक–फरक भौगोलिक क्षेत्र र पृष्ठभूमिबाट प्रतिनिधित्व गर्छन्। अझ रोचक त के छ भने, ‘गणेश पौडेल’ नामका दुई जना सांसद नै फरक निर्वाचन क्षेत्र—कास्की–१ र रौतहट–४—बाट निर्वाचित भएका छन्।
राजनीतिमा यस्ता संयोग विरलै देखिन्छन्। एउटै पार्टीभित्र एउटै नामका यति धेरै सांसद हुनु संयोग मात्र नभई जनप्रतिनिधित्वको विविधता र रोचकता पनि हो।
रास्वपाको उदयसँगै नयाँ अनुहारहरू संसदमा प्रवेश गरिरहेका बेला ‘पाँच गणेश’को उपस्थिति जनतामाझ चासो र चर्चा दुवै बढाउने विषय बनेको छ।
























