११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

न्यूयोर्कका एसेम्ली मेम्बर स्टेभेन रागाद्वारा गायक बिजय लामा सम्मानित


१२ चैत्र २०८२, बिहिबार  

0
Shares

काठमाडौँ । नेपाली गायक बिजय लामा अमेरिकाको न्यूयोर्क सिटी मा सम्मानित भएका छन्। उनलाई स्टेभेन रागाले आफ्नो डिस्ट्रिक्ट ३०, क्विन्सबाट विशेष सम्मान प्रदान गरेका हुन्।

भोटेकोशी समाज अमेरिकाको आयोजनामा सम्पन्न ‘ल्होसार साँझ २०२६’ कार्यक्रममा गायक लामाले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेका थिए। उनले “नखानु पानी तोग्बाको”, “भोली फर्कि आउँछु आउँदिन” र “खासा बजार” लगायतका लोकप्रिय गीत गाएर उपस्थित दर्शकलाई मनोरञ्जन दिएका थिए। कार्यक्रममा सयौँ दर्शकको उपस्थिति रहेको थियो र दर्शकहरू पनि गीतसँगै झुमेको दृश्य निकै आकर्षक देखिन्थ्यो।

कार्यक्रमका अवसरमा भोटेकोशी समाज अमेरिकाका अध्यक्ष अक्बर स्याङतानले कार्यक्रम भव्य रूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गरे। उनले नेपाली कला, संस्कृति र परम्पराको संरक्षणका लागि यस्ता सांस्कृतिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए।

परदेशमा लामो समयदेखि परिवारसहित बस्दै आएका स्याङतानले कार्यक्रममा सहभागी दर्शक, देश–विदेशका शुभेच्छुक तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ९ : २३ बजे