१८ जेष्ठ २०८३, सोमबार | Tue Jun 2 2026

रास्वपाको सोताङ गाउँपालिका प्रथम अधिवेशन सम्पन्न, विमल बस्नेत सभापतिमा चयन



सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टीले सोताङ गाउँपालिकामा आज आयोजित प्रथम अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनले नयाँ गाउँपालिका कार्यसमिति चयन गर्दै संगठन विस्तार तथा सुदृढीकरणको अभियानलाई अगाडि बढाएको जनाएको छ।

अधिवेशनबाट गाउँपालिका कार्यसमितिको सभापतिमा विमल बस्नेत चयन भएका छन्। त्यसैगरी उपसभापतिमा प्रकाश राई, सचिवमा प्रज्वल कार्की तथा कोषाध्यक्षमा मिश्रा बस्नेत चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा गोमा माया बस्नेत, नरेन्द्र बस्नेत, माया थापा, ईश्वर खत्री र निशान तामाङ रहेका छन्।

अधिवेशनमा सहभागी वक्ताहरूले संगठनलाई गाउँस्तरसम्म सशक्त बनाउँदै जनताका मुद्दा उठाउने तथा सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई अधिवेशनले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टीको संगठन विस्तार र जनसेवामा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  १० : १५ बजे