६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

‘जय मातृभूमि पार्टी’ले टुङ्गो लगायो १२ निर्वाचन क्षेत्रको उम्मेदवार



काठमाडौँ । आगामी फागुन २१ गतेकालागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनमा ‘जय मातृभूमि पार्टी’ले १२ क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ ।

मनोनयनको मिति नजिकिँदै गर्दा पार्टीले काठमाडौँ २ बाट कोषाध्यक्ष आनन्द सिंखडा, काठमाडौँ ४ बाट युवा नेता राजन पुरी, काठमाडौँ ६ बाट वरिष्ठ उपाध्यक्ष तथा कृषि विज्ञ रोमलाल गिरी, काठमाडौँ ७ बाट अन्तर्राष्ट्रिय खेलाडी वैकुण्ठ फुयाँललाई उम्मेदवार बनाउने महासचिव गोविन्द गिरीले जानकारी दिए ।

त्यस्तै, पर्सा २ बाट समाजसेवी वीरेन्द्र प्रसाद कलवार, पर्सा ३ बाट पार्टीका उपाध्यक्ष तथा सुशासन अभियन्ता राजकुमार यादव, रौतहट १ बाट रौतहट जिल्ला अध्यक्ष रञ्जित पट्टेल, धनुषा ३ बाट समाजसेवी अमित कुमार गोयन्कालाई उम्मेदवार बनाउने निधो गरेको छ ।

‘राष्ट्रियता, नागरिकतन्त्र, सुशासन, समृद्धि र नेपालवाद’को नारासहित अघि बढेको ‘जय मातृभूमि पार्टी’ले ललितपुर ३ मा समाजसेवी राजीव थापा, स्याङ्जा २ मा प्रथम उपाध्यक्ष धन बहादुर थापा, डडेल्धुरा १ मा उपमहासचिव लक्ष्मीदत्त भट्ट र सुनसरी १ मा वरिष्ठ नेता तथा पाइलट के.वि. लिम्बुलाई उम्मेदवार बनाउने भएको छ ।

सोमबारसम्म बाँकी निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाउने ‘जय मातृभूमि पार्टी’ले जनाएको छ । समानुपातिक सूची बुझाएको पार्टीले ‘आमा’ चुनाव चिन्ह लिएर आगामी निर्वाचनमा होमिएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, आइतबार  ८ : १२ बजे