११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

जन्मदिनको अवसरमा डाक्टर रमिल अधिकारीले गरे आर्थिक सहयोग



काठमाडौँ । गीतकार तथा समाजसेवी डाक्टर रमिल अधिकारीले अशक्त प्रेमराज अधिकारीको परिवारलाई ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

आफ्नो जन्मदिनको अवसरमा न्यूजल्याण्ड निवासी डाक्टर अधिकारीले फरक क्षमता भएका दृष्टिविहीन प्रेमराजलाई उक्त रकम सहयोग गरेका हुन्। प्रेमराज आफैँमा एक अदृश्य रोग, रेटिनाइटिस पिग्मेन्टोसाबाट पीडित छन्। त्यस्तै उनका दुई छोराहरू १९ वर्षका आरम्भ र १४ वर्षका अध्याय ड्युचेन मस्कुलर डिस्ट्रोफी ‘डिएमडी’रोगबाट ग्रसित छन् ।

उनीहरू अस्पतालको सैय्यामा नै आफ्नो जीवन व्यतीत गर्न बाध्य छन्। डाक्टर अधिकारीले आफ्ना छोरा छोरी र परिवारका सदस्यको जन्मदिनमा आर्थिक सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ माघ २०८२, सोमबार  ५ : ४१ बजे