६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

पराई मान्छेमा अर्जुनसँग रोमान्टिक बनिन् आश्मा



गायक अर्जुन गहतराजको नयाँ गीत ‘पराई मान्छे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सरिता सुनार र अर्जुन गहतराजको स्वर रहेको यस गीतले प्रेम र वियोगको भावनालाई नजिकबाट प्रस्तुत गरेको छ।

अर्जुन गहतराजकै शब्द र संगीतमा तयार भएको गीतको भिडियोमा आफूभन्दा बढी माया गरेको मान्छे टाढिँदाको पीडालाई निर्देशक विशाल बरालले कलात्मक ढंगले उतारेका छन्। भिडियोमा मोडल अर्जुन गहतराज र आश्मा कँडेलको अभिनय आकर्षक देखिन्छ।

नार्गाजुन क्षेत्रमा छायांकन गरिएको भिडियोको कथा पनि गायक स्वयंकै रहेको छ। पूर्ण संयोगको संगीत संयोजन रहेको गीतको छायांकन महेश महराले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका छन्।

सुवा अधिकारी, मन्जु खड्का र सहदेव गिरीको विशेष सहयोगमा तयार भएको यो म्युजिक भिडियो ‘अर्जुन गहतराज अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रकाशित मिति : १३ माघ २०८२, सोमबार  ५ : ३२ बजे