११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

अष्ट्रेलिया, क्यानडा, यूके र यूएसए लक्षित शैक्षिक मेला शुक्रबार हुँदै



काठमाडौँ । गोरेटो एजुकेशन कन्सल्ट्यान्सीको आयोजनामा बहुगन्तव्य शैक्षिक मेला आउँदो शुक्रबार आयोजना हुने भएको छ। मेला मार्च २० मा बागबजारस्थित सल्यान हाउसमा सञ्चालन गरिने जानकारी कम्पनीका सिइओ धिरज कँडेलले दिएका छन्।

उनका अनुसार कार्यक्रम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। मेलामा विद्यार्थीहरूले अष्ट्रेलिया, क्यानडा, यूके र यूएसएमा अध्ययनका अवसरबारे विस्तृत जानकारी लिन सक्नेछन्।

कार्यक्रममा १५ भन्दा बढी कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहनेछ। विद्यार्थीहरूले ती प्रतिनिधिहरूसँग प्रत्यक्ष रूपमा कोर्स छनोट, भर्ना प्रक्रिया, स्कलरशिप, भिसा गाइडेन्स तथा भविष्यका करियर अवसरबारे परामर्श लिन सक्नेछन्।

साथै, विद्यार्थीहरूले आफ्नो रुचि र योजना अनुसार उपलब्ध इन्टेक,अध्ययन क्षेत्र तथा दीर्घकालीन अवसरहरूको तुलना गर्ने अवसर पनि पाउनेछन्। भर्ना प्रक्रिया, भिसा तथा पीआर सम्बन्धी जानकारी कलेजका प्रतिनिधि तथा वरिष्ठ शैक्षिक परामर्शकर्ताबाट प्रत्यक्ष रूपमा प्राप्त गर्न सकिने बजार व्यवस्थापक प्रकाश रेग्मीले जानकारी दिए।

उनका अनुसार एउटै स्थानमा विभिन्न देशका शैक्षिक विकल्पहरू बुझ्न र तुलना गर्न सकिने भएकाले यो मेला विद्यार्थीहरूका लागि विशेष उपयोगी हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ६ : ३५ बजे