काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले काठमाडौँको बागबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको उक्त शाखाबाट अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका र न्यूजिल्याण्ड लगायतका देशमा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्न थालिएको छ।
कन्सलटेन्सीका प्रबन्ध निर्देशक धिरज कंडेलका अनुसार बागबजार शाखा विस्तारको मुख्य उद्देश्य विद्यार्थीलाई बहुदेशीय (मल्टिडेस्टिनेसन) करिअर काउन्सिलिङ सेवा उपलब्ध गराउनु हो। “अन्य शाखाहरूमा जस्तै यहाँबाट पनि प्रभावकारी सेवा प्रदान गर्नेछौँ,” उनले भने।

यस्तै, संयोजक प्रकाश रेग्मीले वैदेशिक अध्ययनका क्रममा नेपाली विद्यार्थीहरूले भोग्ने विभिन्न चुनौतीहरू—जस्तै भिसा अस्वीकृतिको डर, आर्थिक दबाब र सामाजिक सञ्जालबाट फैलिएको भ्रम—लाई सम्बोधन गर्न सम्बन्धित देशका शिक्षण संस्थाका प्रतिनिधिबाट प्रत्यक्ष परामर्श उपलब्ध गराइने जानकारी दिए। उनले विद्यार्थीलाई नजिकैबाट सहज रूपमा सेवा लिन सकून् भन्ने उद्देश्यले बागबजारमा शाखा विस्तार गरिएको बताए।
गोरेटो एजुकेशनले यसअघि काठमाडौँको बानेश्वर, ललितपुरको कुमारीपाटी, इटहरी, चितवन र पोखरामा शाखा सञ्चालन गर्दै आएको छ। बागबजार शाखा थपिएसँगै सेवा सञ्जाल अझ विस्तार भएको कम्पनीले जनाएको छ।
नयाँ शाखा सञ्चालनको अवसरमा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूले विद्यार्थीलाई प्रत्यक्ष परामर्श दिएका थिए। उक्त कार्यक्रममा ३ सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको कन्सलटेन्सीले जनाएको छ।
























