९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

स्पाइनल इन्जुरी पीडित प्रकाश राउतलाई २५ हजार सहयोग



सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–१ निवासी स्पाइनल इन्जुरी पीडित प्रकाश राउतलाई नेपाल तरुण दल सोलुखुम्बुले २५ हजार रुपैयाँ नगद सहयोग गरेको छ ।

तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक कुमार झाको समन्वयमा थुलुङ दुधकोशी गाउँपालिका–१ निवासी व्यवसायी तथा समाजसेवी बेद थापाले उक्त सहयोग रकम उपलब्ध गराएका हुन् ।

अध्यक्ष झाले स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र साँगा पुगेर पीडित राउतका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । राउतको उपचार तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाइएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा तरुण नेता विकास बस्नेतको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८३, शनिबार  ५ : ५८ बजे