२१ असार २०८२, शनिबार | Sat Jul 5 2025

खालिङ भाषाको गीत नु (मन)को लोकार्पण गरिने



काठमाडौँ । खालिङ भाषाको गीत नु (मन)को भाग २ लोकार्पण गरिने भएको छ ।

उर्मिला खालिङको गीत, निर कुमार खालिङको संगीतमा तयार भएको गीतको माघे सक्रांतिको अवसरमा लोकार्पण गर्न लागिएको हो । गीतमा हेमन्त खालिङ र उर्मिला खालिङले स्वर दिएका छन् ।

माया प्रेममा आधारित भाषिक गीतको भिडियो नेपाल सरकारका रक्षामन्त्री मानवीर राईले लाकार्पण गर्नेछन् । नवदुर्गा पार्टी प्यालेस सुकेधारामा कार्यक्रमको आयोजना गरिएको छ ।

कलाकारिताको क्षेत्रबाट किरात खालिङहरुको भाषा, भेषभूषा, सांस्कृतिक पहिचानलाई संरक्षण, संवद्र्धन एवम् प्रवद्र्धन गर्ने उद्देश्यका साथ नु (मन) गीत र भिडियो निर्माण गरिएको निर्माण पक्षले जनाएको छ ।

खालिङ समुदायभित्रको संस्कार र संस्कृतिमा आधारित म्यूजिक भिडियो मार्फत खालिङ समुदायभित्रको भाषा, पहिरन, संस्कार र संस्कृति जर्गेना र कान्छो पुस्तालाई हस्तान्तरण गर्न खोजिएको संगीतकार निर कुमार खालिङ राईले बताए ।

गीतको छायांकन सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको विभिन्न स्थानमा गरिएको थियो ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १ : ३५ बजे