१७ माघ २०८१, बिहिबार | Thu Jan 30 2025

सोलुखुम्बुको पानीलाई ‘हिमालयन एभरेष्ट वाटर’को नाममा ब्राण्डिङ गरिने, जापानमा लगानी सम्झौता


११ माघ २०८१, शुक्रबार  

114
Shares

काठमाडौँ । सोलुखुम्बुको पानीलाई हिमालयन एभरेष्ट वाटरको नाममा ब्राण्डिङ गर्ने गरी लगानी सम्झौता गरिएको छ ।

जापानमा रहेका सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले उच्च हिमाली क्षेत्रबाट बग्ने स्वच्छ पानीलाई ब्राण्डिङ गरेर जापान लगेर बेच्ने गरी जापानी लगानीकर्तासँग सम्झौता गरेका छन् ।

सोलुखुम्बुमा ५ अर्बको लगानीमा पानी उद्योग खोल्ने गरी सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा र जापानमा रहेको विश्वकै महंगो पानी उत्पादक कम्पनी माउण्ट फुजी स्पिङ ईन कर्पोरेट बिच सोलुमा पानी फ्याक्ट्रि खोलेर विश्व बजारमा आपुर्ती गर्ने सम्झौता भएको हो ।

कम्पनीका संचालक अवाई हिडेरो र नगर प्रमुख शेर्पा विच भएको सहमति अनुसार उच्च हिमाली क्षेत्रमा हिमालयन एभरेष्ट वाटरको ब्राण्डमा उद्योग खोलेर विश्व बजारमा स्वादिष्ट पानी आपुर्ती गरिने उल्लेख गरिएको छ ।

जापानको यानाछि प्रान्तमा भएको छलफलमा कम्पनीका सिईओ अवाई टाईथिरो, सल्लाहकार ईसिइगेरो हिसासीले छिट्टै सोलुमा पानी उद्योग संचालनमा ल्याएर रोजगारी सृजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उद्योग सञ्चालनमा आएमा नगरपालिकाको आर्थिक सम्बृद्धिमा टेवा पुग्ने मेयर शेर्पाले बताए ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ८ : २६ बजे