७ असार २०८३, आइतबार | Sun Jun 21 2026

कामदारको पारिश्रमिक थुलुङ दुधकोशीले मात्रै बृद्धि गरेको अध्यक्ष राईको दाबी


१८ माघ २०८१, शुक्रबार  

118
Shares

सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काममा खटिनु पुर्व रोजगार उपभोक्ता समितिलाई १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
रोजगार सेवा केन्द्र थुलुङ दुधकोशीको आयोजनामा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सोही कार्यक्रमको अवसरमा कामदारको लागि सुरक्षा सामाग्री समेत हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष असिम राईले वडा अध्यक्षहरु मार्फत उक्त सामाग्री हस्तान्तरण गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले पालिकाबाट रोजगार सृजना गर्ने कार्यक्रमलाई जोड दिएको बताए। छनौट भएका कामदारको लागि प्रति कामदार ६६८ रुपैँया प्राप्त हुने भएपनि उक्त ज्याला अति न्यून भएकाले गाउँपालिकाको तर्फबाट थप गरि प्रती व्यक्ति ज्याला ८०० रुपैँया आठ सय पुर्याउने काम थुलुङ दुधकोशीले मात्रै गरेको उनले दाबी गरे ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : २३ बजे