५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरूद्ध मुद्दा दायर



काठमाडौ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार अख्तियारले नेपाल टेलिकममा बिलिङ प्रणाली मर्मत सम्भारमा भएको भ्रष्टाचारको आरोपमा ३३ करोड बिगो दाबीसहित विषेश अदालतमा मुद्दा दायर गरेको हो । आयोगले टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी र पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसहितलाई प्रतिवादी बनाएको छ ।

नेपाल टेलिकममा बिलिङ प्रणाली पुरानो हुँदा फोन नलाग्ने, लागे पनि काटिने लगाएका समस्या भए पछि नयाँ प्रणाली जडान गर्ने निर्णय भएपनि प्रबन्ध निर्देशकसहितको मिलेमतोमा पुरानै प्रणाली जडान गरेको एसिया इन्फनो कम्पनिलाई मर्मत सम्भारको जिम्मोवारी दिएको थियो ।

हरेक वर्ष ६५ करोड दिने भन्दै टेलिकमले मर्मतमा लागि बिना प्रतिस्पर्धा एसिया इन्फोलाई जिम्मा लगाएपछि अख्तियारले यो विषयमा अनुसन्धान अगाडी बढाएको थियो ।

अख्तियारले अनुसन्धानका क्रममा पुरानै विलिङ प्रणाली मर्मतका नाममा टेलिकमलाई ३३ करोडको नोक्सानी भएको दाबि गरेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, आइतबार  ३ : ०० बजे