९ माघ २०८१, बुधबार | Thu Jan 23 2025

सगरमाथा क्षेत्रमा हुने पंक्षी चोरी सिकारी नियन्त्रण गरिने



सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हुने डाँफे कालिज लगायतका पंक्षीको चोरी सिकारी नियन्त्रण गरिने भएको छ । निकुञ्ज अन्तर्गत लुक्ला तथा लुक्ला असापासको मध्यवर्ती क्षेत्र सामुदायिक वन क्षेत्रबाट डाँफे, कालिज लगायतका पंक्षिलाई पासो थापेर मार्ने गरेको पाईएकाले यसलाई नियन्त्रण गर्न लागिएको हो ।

सोलुखुम्बु जिल्ला स्तरिय बन्यजन्तु अपराध नियन्त्रण ब्युरोको बैठकले डाँफे र कालि मारेर होटल पसलमा बिक्रि भएको पाईएकाले आवश्यकता अनुसार नेपाली सेना, नेपाल प्रहरी, मध्यवर्ती क्षेत्र, उपभोक्ता समितिच, मध्यवर्ति क्षेत्र सामुदायिक बन स्थानीय वडा जनप्रतिनिधि समेतको सहयोगमा उक्त अबैध कार्य नियन्त्रणका लागि गस्ती, सुराकी परिचालन, सुचना अदान प्रदान तथा समन्वय गर्ने कार्यलाई प्रभावकारी बनाउने निर्णय गरिएको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्ष अधिकृत भुमिराज उपाध्ययले जानकारी दिए ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ११ : ३७ बजे