सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा आगलागीमा परी एक वृद्ध घाइते भएका छन् ।
मङ्गलवार बेलुका घरमा लागेको आगोमा परी वडा न ३ का ९० वर्षीय वृद्ध लाकमान राई घाइते भएका हुन । राईको ढुङ्गा माटोको गारो र टिनको भएको २ तल्ले घरको तल्लामा रहेको भान्सा कोठाको चुलोबाट अचानक आगो सल्किएको थियो ।
आगलागीबाट २ लाख ६० हजार रुपैयाँ सहित उतिसको काठ, अन्नपात, भाडा लगायत लत्ताकपडाहरू पुर्णरुपमा जलेर नष्ट हुँदा ८ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। राईको खुट्टा, ढाड लगायतका शरीरका भागहरू डढेको छ ।
घाइतेको महाकुलुङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।
























