१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

उचित समयमा शो नदिएको भन्दै फिल्म ‘रियाल रिङ्गेट’ को प्रदर्शन स्थगित


१९ श्रावण २०८२, आइतबार  

4
Shares

काठमाडौँ । शुक्रबारदेखि प्रदर्सनमा आएको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को प्रदर्शन स्थगित गरिएको छ ।

फिल्मको निर्माण कम्पनि रेवल फिल्मसले फिल्मको सोमबारदेखि प्रदर्शन स्थगित गरिएको जानकारी दिएको हो । रेवल फिल्मसले सिनेमा हलले उचियो समयमा शो नदिएको आरोप लगाएको छ ।

रेवल फिल्मस विज्ञप्तिमा भनेको छ- ‘रेवल फिल्मस् सम्पूर्णमा यो जानकारी गराउन चाहन्छ कि, हाम्रो चलचित्र ‘रियाल रिङ्गेट भोलि मिति २०८२/०४/१९ गतेका दिनदेखि नेपाली अधिराज्यभरका सम्पूर्ण सिनेमा हलहरूबाट प्रदर्शन स्थगन गरिएको छ । लामो परिश्रम, मेहनत र लगानी पछि तयार पारिएको हाम्रो चलचित्रलाई सिनेमा हलहरूले उचित समयमा शो नदिई, केवल अप्रभावकारी समयमा मात्र प्रदर्शन उपलब्ध गराएको कारण आम दर्शकसम्म चलचित्र पुग्न सकेको छैन । यस परिस्थितिमा हामी बाध्य भएर यो निर्णय लिनुपरेको हो । यसबाट सम्पूर्णमा पर्न गएको असुविधाप्रति रेवल फिल्म्स क्षमाप्रार्थी छ । साथै, सबै हल सञ्चालकहरूलाई चलचित्रको प्रदर्शन स्थगन गर्न ध्यानाकर्षण गराउँछौं ।’

विभोर पोखरेलको निर्देशन तथा गगनलाल प्रधानको निर्माण रहेको फिल्ममा नीता ढुंगाना, प्रमोद चौलागाईं, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सुवास थापा मगर, विशाल थापा लगायतको अभिनय छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, आइतबार  ९ : १० बजे