१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

१२ अगस्टमा अस्ट्रेलियन एजुकेसन फेयर गर्दै गोरेटो कन्सलट्यान्सी


२१ श्रावण २०८२, मंगलबार  

4
Shares

काठमाडौँ । काठमाडौँमा  अस्ट्रेलियन एजुकेसन फेयर २०२५   नामक शैक्षिक मेला हुने भएको छ।  नयाँ बानेश्वरमा रहेको  गोरेटो एजुकेसन कन्सलट्यान्सीको आयोजनामा अध्ययनका लागि अस्ट्रेलिया जाने बिद्यार्थीहरुलाई लक्षित गर्दै अस्ट्रेलियन एजुकेसन फेयर २०२५ को आयोजना गर्न लागिएको हो । 

शैक्षिक मेला  यही  १२ अगस्टबाट सुरु हुनेछ भने मेला ५ दिनसम्म चल्नेछ । अस्ट्रेलियन एजुकेसन फेयर नाम दिइएको शैक्षिक मेलामा अस्ट्रेलियाका विभिन्न कलेजहरूका प्रतिनिधीहरुकै उपस्थितिमा कुन सहरका कुन विश्वविद्यालयमा जाँदा विद्यार्थीलाई उपयुक्त हुन्छ भन्ने विषयमा पनि जानकारी दिइने  गोरेटो एजुकेसन कन्सलट्यान्सीका सिनियर काउन्सलर प्रकाश रेग्मीले जानकारी दिए ।

यस फेयरमा अस्ट्रेलियामा रहेका विश्वबिद्यालयहरुको भौतिक संरचनादेखि दक्ष र अनुभवी काउन्सलरहरुबाट पनि कोर्स सेलेक्सन, अध्ययनमा जाँदा लाग्ने लागतदेखि आईएलट्स, टोफेलका बारेमा पनि जानकारी दिइनेछ । फेयरमा उपस्थित हुने विद्यार्थीहरुमध्ये १० भन्दा बढी विद्यार्थीलाई आईएलट्स, टोफेलको निःशुल्क व्यवस्था गरिने बताइएको छ ।

५ दिनसम्म चल्ने फेयरमा राष्ट्रिय स्तरका कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिनेछन् । फेयरमा उपस्थित हुने ५० जना भन्दा बढी विद्यार्थीलाई अहिले हलमा चलिरहेको फिल्मको टिकट पनि उपलब्ध गराइने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, मंगलबार  १२ : ४० बजे