काडमाडौँ । अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा नेपाल आउने कार्यक्रम तय भएको छ ।
मानव सेवा फाउण्डेशनले पशुपति परिसरमा आयोजना गरेको ऐतिहासिक ‘श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट् ज्ञान महायज्ञ’मा कथा वाचनका लागि नेपाल आउने कार्यक्रम तय भएको हो ।
आयोजकका अनुसार आगामी श्रावण २४ गतेदेखि भाद्र ३ गतेसम्म (११ दिन) पशुपति हंस मण्डपमा देवी प्रतिभाले कथा वाचन गर्ने छन् ।
गत वर्ष पशुपतिमा आयोजित कोटिहोममा कथा वाचन गरेर नेपालीजनमा ख्याती कमाएकी देवी प्रतिभाले त्यसपछि चितवन र पोखराका भक्तजनलाई कथा सुनाए सकेकी छन् ।
भक्तजनकै आग्रहमा देवी प्रतिभालाई नेपाल ल्याउने कार्यक्रम तय गरेको महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयकृष्ण मूर्ती जी महाराजले जानकारी दिए ।
श्रावण १ देखि सुरु विराट ज्ञान महायज्ञ आगामी भाद्र २१ गतेसम्म (५१ दिन)चल्नेछ ।
























