१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

श्रीलंकाकी कार्यवाहक राजदूत चामिराद्वारा गृहमन्त्री लेखकसँग भेटवार्ता


२२ श्रावण २०८२, बुधबार  

2
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई नेपालका लागि श्रीलंकाका कार्यवाहक राजदूत चामीरा मुनासिंघेले शिष्टचार भेट गरेकी छन् । बुधबार गृह मन्त्रालयमा गृहमन्त्री लेखकसँग श्रीलंकाका कार्यवाहक राजदूत मुनासिंघेले भेटवार्ता गरेकी हुन् ।

उक्त अवसरमा गृहमन्त्री लेखकले नेपाल-श्रीलंकाबिच मित्रवत् सम्बन्धको चर्चा गर्दै बुद्ध भगवानको जन्मस्थल लुम्बिनीको विकासमा श्रीलंकाले पुर्याएको योगदानका लागि धन्यवाद दिए । साथै आगामी दिनमा नेपाल- श्रीलंकाबिचको दुई पक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै जानुपर्नेमा जोड दिए ।

यस्तै कार्यवाहक राजूदतले पनि नेपाल-श्रीलंकाबीचको सम्बन्ध थप प्रगाढ भएर जाने विश्वास व्यक्त गरिन् । श्रीलंकाली नागरिकका लागि नेपाल एउटा पवित्र स्थान भएको चर्चा गर्दै बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा श्रीलंकाको साथ सधैं रहने बताइन् ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बुधबार  ६ : ०५ बजे