काठमाडौँ । शान्ति श्री परियारको स्वरमा तीज लक्षित लोक सृजना ‘लाहुरे दाईको अत्तर’ सार्वजनिक गरिएको छ ।
लाहरैबाट ल्याइदेको आउँदा
गावै बसायो मैले लगाउँदा
हाँसै मिठो खिस्स
लाहुरे दाईको अत्तर बिर्को खोले छिस्स
उत्तम अधिकारी, रामचन्द्र न्यौपाने र दुर्गा प्रसाद कोइरालाको लय/शब्दमा गीत तयार भएको छ । विनोद बाजुरालीले एरेन्ज गरेका हुन् ।
दुर म्यूजिक स्थापना गरी सोही च्यानलमार्फत गीत र भिडियोलाई डिजिटल बजारमा पठाएको छ । निरन्तर गीत संगीत गर्ने हेतुले कम्पनी नै स्थापना गरी होमिएको सर्जक उत्तम अधिकारीले जानकारी दिए ।
भानुभक्त अधिकारी र भुपराज डोटेलको प्रस्तुतिमा बजारमा आएको गीतको निर्माता रञ्जित मल्ल ठकुरी, शिशिर आचार्य र शिव श्रेष्ठ हुन् ।
रोचक त यो छ गीतका सर्जक त्रय नै शिक्षक हुन् । उनीहरू स्याङ्जाको चापाकोट नगरपालिका स्थित गंगालाल माविमा कार्यरत छन् । उनीहरुको संगीत यात्रामा विद्यालयका अन्य शिक्षक तथा कर्मचारीले पनि सहयोग समर्थन जनाएका छन् ।
अमन रानाको निर्देशन र प्रेम प्रसाद न्यौपानेको कथामातयार भएको भिडियोमा जुनु एसडी र बादल घिमिरेको अभिनय रहेको छ । भिडियो छायांकन काठमाडौँको धर्मस्थलीमा गरिएको थियो ।
























