१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

शर्मिला गुरुङ र कमला पोख्रेलको स्वरमा ‘ बाला जोबान ’ सार्वजनिक (भिडियो)


३० श्रावण २०८२, बिहिबार  

12
Shares

काठमाडौं । सामाजिक सन्देश र सांगीतिक स्वादलाई समेट्दै नेपाली तीज गीतको माहोल गर्मिएको छ । यसैक्रममा चर्चित गायिका शर्मिला गुरुङ र कमला पोख्रेलको स्वरमा ‘बाला जोबान’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा भिमकला गुरुङ र टिका गुरुङको कोरस कोरस आवाज समावेश गरिएको छ । उक्त गीतको शब्द रचना रेम गुरुङले गरेका हुन् भने संगीत स्वयम् गायिका शर्मिला गुरुङकै रहेको छ ।

यस्तै, उक्त गीतको भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन तथा कोरियोग्राफी गरेकी छिन् । गीतको भिडियो छायांकन अजय रेग्मीले गरेका छन् भने उक्त गीतको भिडियोमा स्मृति तिमिल्सिना ‘गुरुआमा’को अभिनय देख्न सकिन्छ । उक्त गीतको संगीत संयोजन ( एरेन्ज ) विश्वास नेपालले गरेका छन् ।

गीतको भिडियो सम्पादन नविन घर्ति मगर गरेका छन् । उक्त गीत मारुनी डिजिटल स्टुडियोबाट रेकर्ड गरिएको हो भने रेकर्डिष्टमा खुमन राना र सुमन राना रहेका छन् । उक्त गीतको मिक्सिङ/मास्टरिङ कुमार रानाले गरेको छन् ।

गीतमा मिडिया पार्टनरको रुपमा जन अपडेट डटकम रहेका छन् । उक्त गीतको भिडियो कमला पोख्रेलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, बिहिबार  ११ : ०७ बजे