१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

तुईन पुल नजिकै फेरी पहिरो, मुग्लिन नारायणगढ सडक अवरुद्ध



मुग्लिन । मुग्लिन नारायणगढ सडक खण्ड फेरी अवरुद्ध भएको छ ।

आइतबार बिहान करिब ४ बजे मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा ८ बजे पहिरो पन्छाएर दुईतर्फी सुचारु गरेको केहि समयपछि फेरी पहिरो आएको हो ।

अहिले पहिरोका कारण सडक दुइतर्फी अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १० : २५ बजे