१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

पोखरा महानगरकी वडा सदस्यविरुद्ध मुद्धा दायर



काठमाडौँ । पोखरा महानगरकी वडा सदस्य भावना श्रेष्ठविरुद्ध दुई लाख घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगर- ९ की वडा सदस्य भावना श्रेष्ठले न्यायिक समितिमा बाटोको विवाद विषयको निर्णय गर्दा आफ्नो पक्षमा पार्नको लागि रविन कुमार श्रेष्ठबाट २ लाख घुस लिएको आरोपमा श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा त्यति नै बिगो माग गर्दै मुद्दा दायर गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ५ : २९ बजे