१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

हिमाली कथामा “शेर्वा-द लाइफ अफ हिमालय” बन्ने, २०२६ मा विश्वभर प्रदर्शनमा आउने



काठमाडौँ । शेर्पा समुदायको साहसिक जीवन र सांस्कृतिक सम्पदालाई समेट्ने नेपाली चलचित्र “शेर्वा – द लाइफ अफ हिमालय” निर्माण हुने भएको छ। चलचित्र निर्माण पश्चात सन् २०२६ मा विश्वभर प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

फिल्म शेर्पा फिल्म्स र ८ के एक्सपेडिसनको सहकार्यमा बन्न लागेको हो । यो चलचित्रले हिमाली जनजीवनलाई भावनात्मक र दृश्यात्मक रूपमा प्रस्तुत गर्नेछ। बिग बजेटमा निर्माण हुने चलचित्रको छायांकन हिमाली क्षेत्रमा गरिने छ । चलचित्रमा बुद्धि तामाङ अनुबन्ध भइसकेका छन् भने अन्य कलाकारहरु खुला अडिसन मार्फत छनोट गरिने छ ।

फिल्मले नेपाली हिमाली कला संस्कृतिको कथा विश्वसामु पुर्‍याउने र अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा पनि सहभागिता जनाउने भएकोले निर्माणको क्रममा कुनै पनि सम्झौता नगरी चलचित्रलाई अन्तराष्ट्रिय स्तरको बनाउने योजना रहेको बताएका छन् । “शेर्वा” नेपाली सिनेमामा हिमाली जनजीवनको नयाँ अध्याय बन्ने विश्वास गरिएसंगै साहस र आत्मबलको कहानी समेटिएको छ ।

चलचित्रको संयुक्त निर्देशन कर्मा शेर्पा र दुर्लव जन्तरेले गर्नेछन् भने कथा कर्मा शेर्पाले लेखेका हुन्। पटकथा लेखनमा सुमन गजमेर, छायांकनमा रञ्जित श्रेष्ठ, संगीत संयोजनमा अटल राई र गायनमा सचिन राई संलग्न हुने पुष्टि निर्माण टिमले गरिसकेको छ।“शेर्वा-द लाइफ अफ हिमालय” नेपाली सिनेमा इतिहासमा हिमाली कथावाचनको नयाँ अध्यायको रूपमा हेरिदैछ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ११ : १८ बजे