१ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025

माझी समुदायका २७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण



सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले माझि समुदायका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईले आज मंगलबार वडा नम्बर ६ का माझी समुदायका विद्यार्थीलाई जनही १० हजार प्रदान गर्नुभएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार माझी समुदायका २७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहित उक्त छात्रवृत्ति प्रदान गरिएको हो । गाउँपालिका अध्यक्ष असिम राईले सबै सामुदायलाई समान रुपमा हेर्न थुलुङ दुधकोशी स्थानीय सरकार जिम्मेवार रहेको बताए ।

गाउँपालिकाले सबै समुदायलाई शिक्षाको पहुँचमा ल्याउनका साथै शैक्षिक गुणस्तरका लागि शैक्षिक सम्मेलन, स्वेतपत्र जारी, प्रधानाध्यापकलाई प्रोत्साहन भत्ता, उत्कृष्ट शिक्षक, विद्यार्थीलाई पुरस्कार लगायतको कार्यक्रम सन्चालन गरेको छ ।

गाउँपालिकाको शैक्षिक गुणस्तर वृद्धि ५।६ प्रतिशत रहेको छ । शिक्षा क्षेत्रमा लामो समय देखि काम गरिरहेको रिड नेपालले वार्षिक समिक्षामा उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ५ : २७ बजे